Khabar Out
कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

बोर्डका अनुसार परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या ५७ हजार ८९७ रहेको छ । यो ८१.१९ प्रतिशत हो । 

तीन परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ । नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखबाट सच्च्याइने उल्लेख छ ।

परीक्षाफल बोर्डको वेबसाइट, एसएमएस र आइभीआर सर्भिसबाट प्राप्त गर्न सकिनेछ । बोर्डले यही साउन २ र ३ गते मौका परीक्षा सञ्चालन गरेको थियो । रासस

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update