Khabar Out
साउन १ गतेदेखि प्रदर्शनमा आउँदै सामाजिक चलचित्र  ‘गौँथली’

काठमाडौँ । सामाजिक कथावस्तुमा आधारित नेपाली चलचित्र ‘गौँथली’ आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ ।

डा. भोला रिजालको कथामा निर्माण भएको चलचित्रको निर्देशन डा. कपिल रिजालले गरेका हुन् । चलचित्रको पटकथा पनि निर्देशक रिजालकै रहेको छ भने संवाद निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार पारेका छन् ।

निर्देशक रिजालका अनुसार ‘गौँथली’ले घर, परिवार र आपसी सामीप्यताको भावलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दै सामाजिक सम्बन्ध र पारिवारिक मूल्यलाई केन्द्रमा राखेको छ ।

चलचित्रमा अभिनेता अरुण क्षेत्रीसँगै सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।

‘गौँथली’को निर्माण सुमन गिरी र निर्देशक डा. कपिल रिजालले संयुक्त रूपमा गरेका हुन् । चलचित्रमा शम्भुजीत बाँस्कोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको छ भने एलिस कार्कीले पाश्र्वसंगीत र मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।

निर्माण पक्षले चलचित्रले नेपाली समाज, परिवार र मानवीय सम्बन्धका विविध पक्षलाई यथार्थपरक ढंगले प्रस्तुत गर्ने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update