Khabar Out
सवस्टेशन निर्माणलाई हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण गरिने

हुम्लाको सर्केगाड गाउँपालिकामा निर्माण हुन लागेको ४००–१३२ केभी सवस्टेशन निर्माणका लागि ११० रोपनी जग्गा अधिग्रहण गरिने भएको छ।

राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले हुम्ला र मुगु जिल्लामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा समाहित गराउन आवश्यक सवस्टेशन निर्माणका लागि जिल्ला प्रशासन कार्यालय हुम्लालाई जग्गा अधिग्रहणको अनुरोध गरेसँगै जिप्रकाले उक्त जग्गा अधिग्रहण गर्न लागेको हो।

SRS AD

राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्र ज्ञवालीले हुम्ला कर्णाली र मुगु कर्णालीमा उत्पादन हुने दुई हजार ५०० मेगावाट विद्युतलाई राष्ट्रिय प्रसारण ग्रीडमा जोड्न सर्केगाडमा सवस्टेशन निर्माण गर्न लागिएको जानकारी दिए।

डा. ज्ञवालीले उक्त सवस्टेशन निर्माण हुम्ला र मुगु क्षेत्रको जलविद्युत् विकासमा महत्वपूर्ण उपलब्धि सावित हुने बताए। कैलालीको दोधराबाट सुरु भई कालिकोट भएर हुम्ला जाने यो प्रसारण लाइन करिब २२० किलोमिटरको हुनेछ। हाल कैलालीको दोधरादेखि कालिकोटको फुकोटसम्मको प्रसारण लाईन निर्माणाधीन रहेको छ।

उक्त जग्गा अधिग्रहण गरेपश्चात हुम्ला–कालिकोट खण्डको ९० किलोमिटर खण्डको विस्तृत इन्जिनियरिङ र वातावरण अध्ययन सुरु गरिने र दुई वर्षपछि निर्माणमा जान सकिने राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले जनाएको छ। रासस

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update