सरकारले नेप्सेको पुनर्संरचना अघि बढाउने
काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना अघि बढाउने भएको छ।
सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेप्से पुनर्संरचना गर्दै ‘इन्ट्राडे’, ‘सर्टसेलिङ’ र ‘डेरिभेटिभ’ जस्ता उपकरणको चरणबद्ध सुरुआत गरिने उल्लेख गरे।
त्यस्तै पुँजी बजारलाई मर्यादित र लगानीमैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधिमैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गरिने बजेट वक्तव्यमा उल्लेख छ । अर्थमन्त्री वाग्लेले ‘सेयर कर्नरिङ’, ‘इन्साइडर ट्रेडिङ’जस्ता पुँजी बजारमा हुने अवाञ्छित गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति लिने उल्लेख गरे।
प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३ १९:१७
प्रतिक्रिया दिनुहोस्







