Khabar Out
अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा सिद्धार्थ वनस्थली इन्स्टिच्युट प्रथम

काठमाडौं । काठमाडौं महानगरपालिका शिक्षा विभागद्वारा आयोजित श्रोत केन्द्र स्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता अन्तर्गत सिनियर समूह (कक्षा ९/१०) मा सिद्धार्थ वनस्थली इन्स्टिच्युटले प्रथम स्थान हासिल गरेको छ।

प्रतियोगितामा विद्यालयका प्रतिभाशाली विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान प्राप्त गर्न सफल भएका हुन्। 

विद्यालयले विजेता विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ। साथै, विद्यार्थीहरूको सफलतामा निरन्तर प्रेरणा, मार्गदर्शन र सहयोग पुर्‍याउने शिक्षकवर्गप्रति पनि विद्यालयले विशेष धन्यवाद ज्ञापन गरेको छ।

सिद्धार्थ वनस्थली इन्स्टिच्युटले शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीहरूको सक्रिय सहभागिता र उत्कृष्टता कायम राख्दै आएको जनाएको छ। विद्यालयले आगामी दिनमा पनि यस्ता प्रतिस्पर्धात्मक कार्यक्रममार्फत विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: बिहीबार, जेठ १४, २०८३  २२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update