भारतको बिहारमा डुंगा दुर्घटना : ३ जनाको मृत्यु, ५ बेपत्ता
काठमाडाैँ । भारतको पूर्वी राज्य बिहारमा नदीमा डुंगा पल्टिँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन्। बिहीबार भएको घटनाको पुष्टि स्थानीय प्रहरीले गरेको हो ।
राजधानी पटना नजिकै गंगा नदीको उमानाथ घाट क्षेत्रमा दुर्घटना भएको बताइएको छ। दुर्घटनाग्रस्त डुंगामा करिब १५ जना सवार थिए, जसमध्ये ७ जनालाई सकुशल उद्धार गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकांश पीडित महिला रहेका छन् । उनीहरू तरकारी लिन नदी पार गर्दै थिए ।
प्रहरीका अनुसार नदीको बीच भागमा पुगेपछि अचानक आएको तीव्र हावाहुरीका कारण डुंगा पल्टिएको हो । बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: बिहीबार, जेठ १४, २०८३ १५:४५
प्रतिक्रिया दिनुहोस्







