Khabar Out
दूध किसानहरुकाे १२ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) ले भुक्तानी नपाएका दूध किसानलाई रु १२ करोड भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये बक्यौता दायित्व रु १२ करोड भुक्तानी भएको डिडिसीले जनाएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालय, दुग्ध विकास संस्थान (डीडीसी) को सुधारको कार्य योजना ल्याएपछि हाल किसानलाई दैनिक रु एक करोड भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ ।

निजी क्षेत्रका डेरी उद्योगले किसानलाई रु तीन अर्ब र सरकारी निकाय दुग्ध विकास संस्था (डीडीसी) ले रु ४६ करोड भुक्तानी गर्न बाँकी रहेको बताइन्छ । रासस

प्रकाशित मिति: बुधबार, जेठ १३, २०८३  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update