Khabar Out
मौरीपालनबाट मनग्य आम्दानी गर्दै : केसी

दाङ ।  तुलसीपुर उपमहानगरपालिका–१० गोलौरीका माधव केसीले व्यावसायिक रूपमा उन्नत जातका माहुरी पालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

विगत दुई दशकदेखि सो पेसा अँगालेका उनले अहिले सफल माहुरी उद्यमीका रूपमा परिचित छन् । केसीले तीन जनालाई रोजगारी दिनु भई वार्षिक रु आठ लाख बचत गरेका छन् ।

कृषि क्षेत्रमा राम्रो सम्भावना देखेर बिएससी एजी तहको पढाइ सकी विसं २०६२ सालदेखि प्राकृतिक मौरीपालनतर्फ आकर्षित भएपछि सुरुमा उन्ले २५ घार मौरीबाट व्यवसाय सुरु गरेका थिए ।

केसीसँग हाल ३०० घार मेलिफेरा जातका माहुरीका घार छन् । उहाँले यस वर्ष १२ टन मह उत्पादन गर्नुभएको थियो । उनले बजारमा प्रतिकिलो रु ५०० देखि रु ८०० सम्म मह बिक्री गर्दै आएका छन् ।

केसीको फार्ममा अहिलेसम्म रु एक करोडको लगानी भइसकेको छ । उहाँले मह बिक्रीबाट वार्षिक रु २२ देखि २५ लाखसम्म आम्दानी गर्छन् । माहुरीका घार ५० प्रतिशत अनुदानमा प्राप्त गरेका केसीले महले बजार पाउन नसक्दा कुनै बखत घाटा व्यहोर्नु परेको थियो । बढ्दो विषादीको प्रयोग तथा जङ्गल निकुञ्जमा परिणत हुँदा माहुरी चरणका लागि अप्ठेरो पर्दै गएको छ । रासस

प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update