काठमाडौं । राष्ट्रियसभाअन्तर्गत रहेका दुईवटा महत्वपूर्ण संसदीय समितिको बैठक आज बस्ने भएको छ । समितिहरूले आफ्ना आगामी गतिविधि, कार्यदिशा र प्राथमिकताबारे छलफल गर्ने कार्यसूची तय गरेका छन् ।
आज बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको वार्षिक कार्ययोजनामाथि विस्तृत छलफल हुने बताइएको छ । समितिले चालु आर्थिक वर्षका लागि तय गरिने कार्यक्रम, प्राथमिकता र कार्यान्वयनका पक्षहरूलाई व्यवस्थित बनाउने उद्देश्यले कार्ययोजना तयार पार्न लागेको हो । यसले विकास निर्माण, आर्थिक व्यवस्थापन तथा सुशासन प्रवर्द्धनका विषयलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको कार्यक्षेत्रसम्बन्धी विषयमा छलफल हुनेछ ।







