काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार यस्तो आदेश जारी गरेको हो ।
सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्ने क्रममा चैत १४ गते ओली र लेखकलाई पक्राउ गरेको थियो । पक्राउपछि उनीहरूलाई हिरासतमा राखिएको थियो ।
यसअघि काठमाडौं जिल्ला अदालतले आइतबार मात्रै उनीहरूलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । तर, उक्त निर्णयविरुद्ध दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको हो ।
रिटमा सोमबार बहस सम्पन्न भएसँगै सर्वोच्चले हिरासतमा राख्नु उपयुक्त नदेखिएको निष्कर्ष निकाल्दै दुवै नेताको रिहा सुनिश्चित गर्न आदेश दिएको जनाएको छ ।
सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै अब म्याद नथप्न परमादेश जारी गरेको छ । यस आदेशअनुसार ओली र लेखकमाथि अनुसन्धानका लागि अब म्याद थप गर्न पाइने छैन ।
सर्वोच्चको आदेशसँगै पक्राउ प्रकरणले नयाँ मोड लिएको छ भने राजनीतिक वृत्तमा यसबारे थप बहस सुरु भएको छ ।







