उदयपुरमा एक हजार एक सय हेक्टरमा चैते धान रोपियो
गाईघाट । जिल्लाका विभिन्न भागका एक हजार १०० हेक्टरमा चैते धान रोपिएको छ ।
जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सङ्गीता ज्ञावलीका अनुसार जिल्लामा एक हजार ५०० हेक्टरमा हरेक वर्ष चैते धान रोपिने गरेको छ । बाँकी ४०० हेक्टरमा पनि यसै महिना रोपाइँ पूरा हुने देखिएको उनले बताइन् । “खेतमा धमाधम रोपाइँ भइरहेकाले यसै महिना पूरा हुने ठानेकी छु”, उनले भनिन् ।
जिल्लाका आठ पालिकामध्ये सबैभन्दा धेरै चैते धान उदयपुरगढी र रौतामाई गाउँपालिकामा भएको छ । ताप्ली गाउँपालिका, कटारी, त्रियुगा र चौदण्डीगढी नगरपालिकामा चैतेधान रोपिने गरेको छ । रासस
प्रकाशित मिति: बुधबार, चैत १८, २०८२ १२:२०
प्रतिक्रिया दिनुहोस्







