Khabar Out
काठमाडौंका तत्कालीन सीडीओ रिजाल पक्राउ

काठमाडौं । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आज बिहान नियन्त्रणमा लिएको हो ।

प्रहरी स्रोतका अनुसार भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि गोली चलाउन आदेश दिएको आरोपमा रिजाललाई पक्राउ गरिएको हो । उक्त घटनासँग सम्बन्धित अनुसन्धान अघि बढाउने क्रममा उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

सो आन्दोलनका बेला सुरक्षाकर्मीको गोली प्रहारबाट केही प्रदर्शनकारी घाइते भएका थिए भने उक्त घटनाले व्यापक विवाद सिर्जना गरेको थियो । पछिल्लो समय सोही घटनाको विषयमा छानबिन तीव्र पारिएसँगै रिजाललाई पक्राउ गरिएको हो ।

 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update