Khabar Out
ओली–लेखक पक्राउविरुद्ध नेविसंघको आपत्ति, निर्णय फिर्ता लिन चेतावनी

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति गम्भीर आपत्ति जनाएको छ । नेविसंघले उक्त कदमलाई कानूनी राज्यको आधारभूत सिद्धान्तविपरीत भन्दै तत्काल निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।

शनिबार जारी विज्ञप्तिमा नेविसंघले पक्राउको निर्णय पक्षपातपूर्ण र पूर्वाग्रही भएको आरोप लगाउँदै जबरजस्ती कार्यान्वयन गरिए कडा प्रतिवादमा उत्रिने चेतावनी दिएको छ । 

नेविसंघले मन्त्रिपरिषद्को निर्णयले सरकारको पूर्वाग्रह प्रस्ट देखिएको दाबी गर्दै जाँचबुझ आयोगको प्रतिवेदनमाथि पनि प्रश्न उठाएको छ । आयोगको निष्कर्ष पूर्वनिर्धारित धारणा अनुसार आएको भन्दै प्रतिवेदन अपूर्ण, त्रुटिपूर्ण र प्रतिशोधपूर्ण रहेको उसको भनाइ छ ।

यस्तै, नेविसंघले नैतिक वा राजनीतिक जिम्मेवारी र फौजदारी दायित्वबीचको भिन्नता नबुझी गरिएको पक्राउलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरेको छ ।

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update