Khabar Out
बुटवलमा एमालेको प्रदर्शन,  ओलीको रिहाइको माग

बुटवल । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध बुटवलमा पार्टी कार्यकर्ताले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै आन्दोलनलाई तीव्र बनाएका हुन् ।

बुटवलको मिलनचोकमा भेला भएका एमाले कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गर्दै विरोध जनाएका थिए । उनीहरूले ओलीको गिरफ्तारीलाई अन्यायपूर्ण र गैरकानुनी भन्दै तत्काल रिहा गर्न माग गरेका छन् ।

एमाले रुपन्देहीका उपसचिव बाबुराम पन्थीले गृहमन्त्रीले पद नछाडेसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् । यस्तै, युवासंघका केन्द्रीय सदस्य कृष्ण कुमालले पनि अध्यक्ष ओलीमाथिको कारबाही राजनीतिक पूर्वाग्रहका आधारमा भएको दाबी गर्दै तत्काल रिहाइ हुनुपर्ने बताएका छन् ।

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update