काठमाडौं । सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्की निर्वाचित भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार असिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उम्मेदवार कल्पना राईले ८ हजार २२८ मत प्राप्त गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ऋषिधन राईले ३ हजार ६४२ मत ल्याएका छन् भने श्रम संस्कृति पार्टीका उम्मेदवार विएस राईले ३ हजार ३६३ मत प्राप्त गरेका छन् ।
यसैगरी उज्यालो नेपाल पार्टीका पेम्बा छिरी शेर्पाले २७८, जनता समाजवादी पार्टी नेपालका लाक्पा शेर्पाले २०३, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र बस्नेतले १५७ तथा आम जनता पार्टीका गुणराज भट्टराईले ४१ मत प्राप्त गरेका छन् ।





