Khabar Out
बझाङबाट एमालेका ऐन महर निर्वाचित

काठमाडौं । सुदूरपश्चिमको बझाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार ऐन महर निर्वाचित भएका छन् । शनिबार (फागुन २३) सम्पन्न अन्तिम मतगणनाअनुसार महरले १८ हजार ५४३ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत प्राप्त गरे । महर र स्नेहीबीचको मतान्तर २ हजार २३९ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस निर्वाचनमा तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मीनबहादुर कुँवरले ९ हजार ७५७ मत प्राप्त गरे । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शैलेश सिंहले ९ हजार २६३ मत ल्याए ।

अन्य उम्मेदवारतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विश्वप्रकाश जेठाराले ४०५ मत, नेकपा (माओवादी केन्द्र)का भरत मल्लले ५२० मत र नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले ४१ मत प्राप्त गरेका छन् ।

बझाङमा कुल ५७ हजार ५०४ मत खसेकोमा ५२ हजार ८६४ मत सदर भएको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update