मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौं । मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।
मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार गुरुङले २४१५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत ल्याइन् भने नेशनल मंगोल अर्गनाइजेसनका रामबहादुर घलेले ९ मत प्राप्त गरेका छन् ।
यो नतिजासँगै प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले दोस्रो जित हासिल गरेको छ । यसअघि मुस्ताङबाट कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भइसकेका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२ १९:४०
प्रतिक्रिया दिनुहोस्





