Khabar Out
मुस्ताङबाट कांग्रेसका उम्मेदवार योगेश गौचन निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन् ।

थकाली लगातार दोस्रोपटक मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन सफल भएका हुन् । उनले कुल ३ हजार ३०७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार इन्द्रधारा विष्टले १ हजार ८०६ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत पाएका छन् ।

यस नतिजासँगै मुस्ताङमा नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा जितको खाता खोलेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update