Khabar Out
मतदाताको फैसला स्वीकार्य हुनेछ : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य भएको बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अग्रता देखिएपछि उनले सामाजिक सञ्जाल एक्समार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

शर्माले ‘बुलेट’बाट उदाएको माओवादीलाई स्वागत गरिएको स्मरण गर्दै ‘ब्यालेट’बाट आउँदै गरेको रास्वपालाई पनि स्वागत गर्ने बताएका छन् । उनले एक्समा लेखेका छन्, “बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै ब्यालेटबाट आउँदै गरेको रास्वपालाई स्वागत ।”

मतदाताको निर्णयलाई सम्मान गर्नुपर्ने भन्दै वर्तमान परिणाम अप्रत्याशित नभएको पनि बताएका छन् । “०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन,” उनले उल्लेख गरेका छन्।

साथै, चर्को आशा फेरि निराशामा परिणत नहोस् भन्ने अपेक्षा व्यक्त गर्दै उनले देशका मूल मुद्दामा सहकार्य र खबरदारी दुवै आवश्यक रहने बताएका छन् । “चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मूल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ,” उनले लेखेका छन्।

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update