प्रदेश निर्वाचन सुरक्षा समितिद्वारा सीमा र मतदानस्थलको निरीक्षण
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश निर्वाचन सुरक्षा समितिले भारतसँग जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका तथा भीमदत्त र दोधारा चाँदनीका विभिन्न मतदानस्थलको स्थलगत निरीक्षण गरेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्य सचिव वैकुण्ठप्रसाद अर्याल, प्रदेश प्रहरी प्रमुख ओमबहादुर राना, सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति दिग्विजय सुवेदीलगायत सुरक्षा निकायका प्रदेश प्रमुखहरूको टोलीले आज सीमा क्षेत्र र मतदानस्थलको सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गरेको हो ।
बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबार मध्यरातदेखि नै सीमा नाका सिल गरिएको छ। अत्यावश्यक सेवासँग सम्बन्धित आवागमन बाहेक अन्य आवागमनमा रोक लगाइएको छ । रासस
प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२ १६:१९
प्रतिक्रिया दिनुहोस्





