मेची भन्सारको राजस्व बढ्यो
शुक्रबार, भदौ ६, २०८२
बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध
शुक्रबार, भदौ ६, २०८२
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडक आज बिहानैदेखि अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका–२ माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र ७ महभिरमा पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
आजको मौसम : गण्डकी र सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षा हुने
शुक्रबार, भदौ ६, २०८२
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भेगका केही स्थानमा र तराईका केही भागमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी...
पहिराले अवरुद्ध अरनिको राजमार्ग अझै खुल्न सकेन
बिहीबार, भदौ ५, २०८२
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग अझै खुल्न सकेको छैन ।
बर्खा लागेयता पटकपटक पहिरो पन्छाएर राजमार्गमा यातायात सञ्चालन गरिँदै आइएको थियो । सोदिनको पानीले राजमार्गभन्दा माथि रहेको बस्ती नै जोखिममा पर्ने भएपछि हाल राजमार्ग पूर्ण रूपमा बन्द भएको हो ।



