Khabar Out
झापामा एकचालिस वर्षपछि ऐतिहासिक कोटी हवन महायज्ञ
झापामा एकचालिस वर्षपछि ऐतिहासिक कोटी हवन महायज्ञ शिवसताक्षी नगरपालिका–११ स्थित प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल सताक्षीधाममा आगामी २०८३ माघ ९ गतेदेखि ‘शतकुण्डीय गायत्री कोटी हवन महायज्ञ’ आयोजना हुने भएको छ । वैदिक सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ गोलोक गोवर्धन गौशालाको आयोजनामा यो बृहत् धार्मिक अनुष्ठान सञ्चालन हुन लागेको हो...
४०१ मोटरसाइकलको स्वरूप सच्याइँदै, सवारीधनी मिस्त्रीसहित ट्राफिक कार्यालयमा
४०१ मोटरसाइकलको स्वरूप सच्याइँदै, सवारीधनी मिस्त्रीसहित ट्राफिक कार्यालयमा काठमाडौँ उपत्यकामा चर्को आवाज निकाल्ने तथा कानुनविपरीत स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका ४०१ मोटरसाइकल नियन्त्रणमा लिएपछि ट्राफिक प्रहरीले तिनको स्वरूप पूर्ववत् बनाउन थालेको छ । नियन्त्रणमा परेका मोटरसाइकलका धनी आफैँ मिस्त्री लिएर ट्राफिक प्रहरी कार्यालय पुग्न थालेका छन् ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक साताको अवधिमा विभिन्न स्थानमा गरेको जाँचका...
अन्ततः तीन आयोजनाको ठेक्का सम्झौता तोडियो
अन्ततः तीन आयोजनाको ठेक्का सम्झौता तोडियो तीन अलपत्र आयोजनाको ठेक्का सम्झौता अन्ततः तोडिएको छ । तोकिएको समयभित्र निर्माण तथा मर्मत सम्पन्न गर्न नसकेका आयोजनाको सम्झौता रद्द गरिएको हो । सडक डिभिजन कार्यालय नेपालगन्जमार्फत सञ्चालित रत्न राजमार्गअन्तर्गत जमुनाहादेखि पन्ध्रेखोलासम्मको सडकखण्डको मर्मत कार्य, बर्दियाको औरही नदी पुलको पहुँचमार्ग सुधार आयोजना र ठाकुरबाबास्थित ओम आदर्श विद्यालयदेखि भद्दी जोड्ने सडक...
Weather Update