जुम्ला र दोलखा जिरीको तापक्रम माइनसमा
बुधबार, मंसिर १७, २०८२
केराखेतीमा ‘टिआर फोर’ को सङ्क्रमण
बुधबार, मंसिर १७, २०८२
जिल्लामा लगाइएको केराखेतीमा नयाँ रोगको सङ्क्रमण देखिएको छ । पश्चिम चितवनका किसानले लगाएका केरामा पानामा रोगको नयाँ भेरिएन्ट (टिआर फोर) को सङ्क्रमण देखिएको हो । जिल्लास्थित राष्ट्रिय कृषि अधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख महेश रेग्मीका अनुसार पश्चिम चितवनमा लगाइएको पाँच बिघा क्षेत्रफलमा यो रोगको सङ्क्रमण देखिएको हो ।
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
बुधबार, मंसिर १७, २०८२
काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्द्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३...
एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी
मंगलबार, मंसिर १६, २०८२
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बारे रहेको व्यापक उत्साहका बीच यसको प्रभावले विश्वका धनी र गरिबबीचको दुरूह अन्तरलाई अझै फराकिलो बनाउन सक्ने कठोर वास्तविकता संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) को नयाँ प्रतिवेदनले औँल्याएको छ । प्रतिवेदनअनुसार एआई प्रविधिको उपयोगले आधारभूत आवश्यकताहरू र उन्नत ज्ञानको पहुँचमा रहेको गहिरो खाडललाई घटाउने ठोस कदम नचालेसम्म...
आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदै
मंगलबार, मंसिर १६, २०८२
काठमाडौँ । विश्वका विभिन्न मुलुकमा आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ । मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्ती गर्नेलगायत दासत्वका आधुनिक स्वरूपविरुद्ध विश्वव्यापी चेतना फैलाउनु यो दिवसको उद्देश्य हो ।
संयुक्त राष्ट्रसङ्घले सन् १९४९ को २ डिसेम्बरमा मानव बेचबिखन तथा यौन...
एसियाली बाढी विपत् : सैन्य सहयोग तीव्र
सोमबार, मंसिर १५, २०८२
श्रीलङ्का र इन्डोनेसियाले हालैका दिनहरूमा एसियाका ४ देशमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या लगभग १ हजार नजिक पुगेसँगै पीडितहरूका लागि सैन्य उद्धार तथा राहत कार्यलाई अझै तीव्र बनाइएको छ । छुट्टाछुट्टै मौसम प्रणालीका कारण गत हप्ता श्रीलङ्काको सम्पूर्ण टापु क्षेत्रमा, इन्डोनेसियाको सुमात्रा, दक्षिणी थाइल्यान्ड तथा उत्तरी मलेसियाका ठूलो...
आजको तरकारी तथा फलफूलको मूल्य यस्तो छ
सोमबार, मंसिर १५, २०८२
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १३५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा...
सौराहामा पुस ११ गतेदेखि १३ गतेसम्म हात्ती महोत्सव हुने
आइतबार, मंसिर १४, २०८२
पर्यटकीय नगरी सौराहामा पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष हुँदै आएको हात्ती तथा पर्यटन महोत्सव यस वर्ष आगामी पुस ११ गतेदेखि १३ गतेसम्म हुने भएकाे छ । क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा यूनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सहआयोजनामा महोत्सव गर्न लागिएको हो । विसं २०५५ देखि सुरु भएको चितवन...
अझै सडक विहिन सल्यानधारा गाउँ
आइतबार, मंसिर १४, २०८२
बागलुङ। जैमिनी नगरपालिका–८ सल्यानधारा गाउँमा अहिलेसम्म सडक पुगेको छैन । छिमेकी गाउँमा मोटर बाटो पुगेको वर्षौँ भयो । तर यस गाउँका स्थानीय गाडी चढ्नका लागि अर्को गाउँमा पुग्नुपर्ने बाध्यता छ । नगरपालिकाले सडक पुर्याउन वर्षौँदेखि प्रयास गर्दै आएको छ । वडा नं ८ कै केवैखानी गाउँ र सल्यानधाराको बीचमा ठुलो...
सफ्टवेयर अपडेट समस्याले एयर न्यूजील्यान्डका १२ उडान प्रभावित
शनिबार, मंसिर १३, २०८२
एयर न्यूजील्यान्डले ३७ वटा एयरबस विमानमा आवश्यक सफ्टवेयर अपडेट लागू गर्नुपर्ने भएपछि १२ उडान रद्द गरेको छ । एयर न्यूजील्यान्डका प्रमुख सुरक्षा अधिकारी नेथन म्याकग्रोका अनुसार यो सफ्टवेयर अपडेट समस्या देशभित्र र अन्तर्राष्ट्रिय उडानमा सञ्चालन हुने ३७ वटा एयरबस विमानलाई प्रभावित गरिरहेको छ ।
वित्तीय सङ्घीयता कार्यान्वयनका समस्या समाधान गर्न माग
शनिबार, मंसिर १३, २०८२
मधेस प्रदेशका मुख्यमन्त्री र अन्य प्रदेशका आर्थिक मामिलामन्त्रीले वित्तीय सङ्घीयता कार्यान्वयनमा देखापरेका समस्या समाधानका लागि विभिन्न उपायको खोजी गर्दै साझा मतका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छ । वित्तीय सङ्घीयता कार्यान्वयनको क्रममा देखापरेका समस्या क्रमशः समाधान हुँदै आएका भए पनि नयाँ परिस्थितिमा नयाँ खालका समस्या देखा पर्ने भएकाले त्यसको समाधानका...
भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न
शुक्रबार, मंसिर १२, २०८२
भरतपुर महानगरपालिका क्षेत्रमा गरिएको भूमिगत विद्युतीकरणको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको छ । आगामी माघसम्ममा काम सम्पन्न गर्ने लक्ष्य राखिएकामा हालसम्म ८० प्रतिशत काम पूरा भएको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले भरतपुरको छ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरणको काम गरिरहेको छ ।
श्रीलङ्कामा भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु
बिहीबार, मंसिर ११, २०८२
श्रीलङ्कामा हाल आएको भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु भएकाे छ । साे विपत्तिमा १४ बेपत्ता भएको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले बिहीबार जानकारी दिएकाे छ । केन्द्रका अनुसार बाढीका कारण हजारौँ मानिसहरू विस्थापित भएका छन् । डीएमसी केन्द्रको पछिल्लो प्रतिवेदनका अनुसार चरम मौसमी प्रकोपले १७ वटा जिल्लाहरूमा...



