बहत्तर वर्षमा बल्ल पाइन् मङ्गलीले नागरिकता
तनहुँ । बन्दीपुर गाउँपालिका–४ लोहीपाखाकी ७२ वर्षीया मङ्गली भुजेलले अन्ततः नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन् ।
लामो समयदेखि विभिन्न कारणले नागरिकता नहुँदा राज्यबाट प्रदान गरिने आधारभूत सेवासुविधाबाट वञ्चित उनलाई मङ्गलबार नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले आफू संरक्षक रहनेगरी उनलाई सिफारिस गरेपछि नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताए ।
प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२ १०:४०
प्रतिक्रिया दिनुहोस्





