काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले तीन प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ ।
काठमाडौं उपत्यकामा हुने विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व, खेलकुद लगायत विभिन्न आन्दोलनहरूको व्यवस्थापन तथा नियन्त्रण गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी उपरीक्षक पवन कुमार भट्टराई र प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा रेकर्डमा जनिने गरी पुरस्कृत गरिएको छ ।
प्रहरी परिसर काठमाडौंका प्रवक्तासमेत रहेका भट्टराई अनुसन्धानमा निकै अब्बल मान्निछन ।
त्यस्तै गरी काठमाडौंलाई ३१७५/१९ वर्ग मिटर जग्गा स्थायीरूपमा उपयोग गर्ने गरी जग्गा प्राप्ती एवं पूर्वाधार विकासमा उल्लेखनिय भूमिका निर्वाह गरेकोमा प्रहरी वृत्त सिंहदरबारका प्रमुख प्रहरी नायव उपरीक्षक जनार्दन घिमिरेलाई समेत पुरस्कृत गरिएको छ ।
प्रहरी कर्मचारीहरुको मनोबल उच्च कायम राख्न उत्प्रेरणा पुग्ने हुँदा उत्कृष्ठ कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको र पुरस्कृत गर्ने कार्यलाई निरन्तर अगाडी बढाईने उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।





