इन्धनको मूल्य बृद्धि : पेट्रोलमा रु १ र डिजेल मट्टीतेलमा ३ रुपैयाले बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ ।
राती १२ बजेपछिबाट लागु हुने गरी पेट्रोलमा एक रुपैयाँ बढाइएको छ भने डिजेल र मट्टीतेलमा तीन रुपैयाँ बढाइएको निगमले जनाएको छ ।
मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५६ रुपैयाँ र तेस्रो वर्गका लागि १५७ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, डिजेल र मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपैयाँ र तेस्रो वर्गका लागि १४२ रुपैयाँ तोकिएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२ २२:०६
प्रतिक्रिया दिनुहोस्





