Khabar Out
वाणिज्य विभागद्धारा गुन्जेश्वरी ट्रेडलाई जरिवाना

काठमाडौँ ।  नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु २० हजार जरिवाना गरेको छ ।

 

 

स्थलगत अनुगमनको क्रममा कैफियत देखिएपछि विभागले गुन्जेश्वरी ट्रेड लिङ्क प्रालि कसलेश्वरलाई जरिवाना गरेको हो । विभागले नियमित रूपमा पछिल्ला दिनमा खानका पकाउने ग्यास तथा खाद्य पदार्थसँग सम्बन्धित व्यवसाय तथा पसलको अनुगमन गरिरहेको छ । यसैक्रममा विभागले अन्य पाँच फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।

स्थानीय प्रशासन तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update