Khabar Out
सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार

हुम्ला । हुम्लाबाट सुत्केरी बेथा लागेकी गर्भवतीको बिहीबार हेलिकोप्टरबाट उद्धार गरिएको छ । बुधबार जिल्ला अस्पताल सिमकोट पुर्‍याइएकी गर्भवतीका उपचार नहुने भन्दै रिफर गरिएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

सर्केगार्ड गाउँपालिका–५ को गोठी गाउँकी २३ वर्षीया किस्मती विकलाई सुत्केरी बेथा लागेर जिल्ला अस्पतताल पुगाइएको र अस्पतालमा सुत्केरी गराउन नसकिने भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले बताइन्।

गर्भवतीका परिवार सुत्केरी बेथा लागेकी बिकलाई बुधबार बिहान ८ बजे गोठी स्वास्थ्य चौकीमा पुर्‍याइएको थियो । स्वास्थ्य चौकीले नसक्ने भन्दै जिल्ला अस्पताल पठाइएकोमा सोही दिन बेलुका ५ बजे अस्पताल पुर्‍याइएको हो ।

विकको पेटमा पानी जमेको कारण जिल्लामा उपचार गर्न नसकिएको हो । यसका लागि स्वास्थ्य चौर्की सर्केगार्ड गाउँँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा राष्ट्रपति महिला उत्थान कार्यक्रमको आर्थिक सहयोगमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । 

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  २२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update