Khabar Out
शान्ति सेनाको १२ औँ समूहको टोली दक्षिण सुडान प्रस्थान

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा परिचालित हुनका लागि गरुड दल गण शान्ति सेनाको १२ औँ समूहको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

यसअघि त्यहाँ खटिएको चण्डीप्रसाद गणको ११औँ डफ्फालाई बदली गर्न १६२ जना नेपाली शान्ति सैनिकको पहिलो टोली बुधबार मिसन इलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका १७१ जना नेपाली शान्ति सैनिक आजै स्वदेश फिर्ता भएका छन् । हाल त्यस मिसनमा एक हजार ६९ जना शान्ति सैनिकहरू कार्यरत रहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update