Khabar Out
निर्वाचन अनुगमनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकारहरु बङ्गलादेशमा

बंगलादेश ।  बङ्गलादेशमा बिहीबारलाई तय भएको आम चुनाव र जुलाईमा हुने जनमतसंग्रह अनुगमन गर्न कम्तिमा ३९४ जना अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षक र १९७ विदेशी पत्रकारहरू बंगलादेश आइपुगेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू मध्ये ८० जनाले विभिन्न अन्तर्राष्ट्रिय सङ्गठनहरूको प्रतिनिधित्व गरेको जनाइएको छ ।

स्वतन्त्र युरोपेली पर्यवेक्षकहरू सहित द्विपक्षीय देशहरूबाट २४० जना पर्यवेक्षकहरू हाएको जनाइएको छ ।

अन्य ५१ जना विभिन्न विश्वव्यापी संस्थाहरूसँग सम्बद्ध व्यक्तिहरू रहेको विज्ञप्तिमा उल्लेख छ ।

पर्यवेक्षक मिसनहरू पठाउने प्रमुख संस्थाहरूमा एसियन नेटवर्क फर फ्री इलेक्शन्स (एएनएफआरइएल) छ भने अमेरिकास्थित इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युट (आइआरआई) ले १९ जना पर्यवेक्षक तैनाथ गरेको छ । यसै गरी नेसनल डेमोक्र्याटिक इन्स्टिच्युट (एनडीआई) ले एक जना पर्यवेक्षक पठाएको छ ।

अन्य सङ्गठनहरूमा इस्लामिक सहयोग सङ्गठन (ओआईसी), एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइसिएपीपी) र युरोपेली युनीयन समावेश छन् ।

युरोपेली सङ्घबाहेक २१ वटा देशबाट पर्यवेक्षकहरू आउँदैछन् ।

पाकिस्तान (८), भुटान (२), श्रीलङ्का (११), नेपाल (१), इन्डोनेसिया (३) र फिलिपिन्स (२)

मलेसिया (६) जोर्डन (२) टर्की (१३) इरान (३) जर्जिया (२) र रुस (२) बाट पनि पर्यवेक्षकहरू आइपुगेका छन् ।

अन्य सहभागी देशहरूमा चीन (३) जापान (४) दक्षिण कोरिया (२) किर्गिजस्तान (२) उज्बेकिस्तान (२) दक्षिण अफ्रिका (२) र नाइजेरिया (४) समावेश छन् ।

भ्वाइस फर जस्टिस, डेमोक्रेसी इन्टरनेसनल, एसएनएएस अफ्रिका, सार्क ह्युमन राइट्स फाउन्डेसन र पोलिश इन्स्टिच्युट अफ इन्टरनेसनल अफेयर्स जस्ता संस्थाका पर्यवेक्षकहरूले चुनावको अनुगमन गर्नेछन् ।

अन्तर्राष्ट्रिय पर्यवेक्षक भ्रमणको समन्वयलाई समर्थन गर्दै वरिष्ठ सचिव तथा एसडिजी संयोजक लामिया मोर्सेदले यसले बङ्गलादेशको अन्तरिम सरकारमा स्वतन्त्र, निष्पक्ष र सहभागी निर्वाचन गर्न विश्व समुदायको विश्वासलाई प्रतिबिम्बित गरेको बताउनु भएको छ ।

उच्च–स्तरीय सहभागीहरूमा घानाका पूर्व राष्ट्रपति नाना आडो डानक्वा अकुफो–आडो र भुटानका मुख्य निर्वाचन आयुक्त डेकी पेमा आएको जनाइएको छ ।

बङ्गलादेशका लागि टर्कीका पूर्व राजदूत मेहमेत भाकुर एर्कुल र बेलायतको हाउस अफ लड्र्सका पूर्व सरकारी उप मुख्य सचेतक लर्ड रिचर्ड न्युबी पनि सहभागी भएको जनाइएको छ ।

मलेसियाको निर्वाचन आयोगका अधिकारी रामलान बीर हरुन र इरानी सांसद बेहनम सइदी, विदेश नीति तथा राष्ट्रिय सुरक्षा आयोगको प्रिसाइडिङ बोर्डका सदस्य पनि प्रतिनिधिमण्डलमा रहेको जनाइएको छ ।

करीव ५० भन्दा बढी राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूको प्रतिनिधित्व गर्ने दुई हजार भन्दा बढी उम्मेद्वारहरूले संसदीय सिटहरूमा प्रतिस्पर्धा गरिरहेका छन् । भने आगमी जुलाईमा जनमतसंग्रहको साथै आम चुनाव हुने कार्उक्रम तय भएको छ ।रासस

 

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update