Khabar Out
लिपुलेकबारे बालेनलाई  क्षितिज थेबेको प्रश्न : तपाईंको स्टेटमेन्ट के हो ?

काठमाडाैँ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे आधिकारिक धारणा सार्वजनिक गर्न चुनौती दिएका छन् । राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो चुनौती दिएका हुन् ।

हुनेवाला प्रधानमन्त्रीको लिपुलेक, लिम्पियाधुराबारे तपाईको स्टेटमेन्ट के हो ? थेबेको प्रश्न छ । उनले नयाँ भनिएका राजनीतिक दलहरुसँग ठोस, नीति, दृष्टिकोण र एजण्डा नभएको टिप्पणी पनि गरे । उनले भावी प्रधामनमन्त्रीका उम्मेदवारहरुसँगै बहस गर्न समेत नेता शाहलाई चुनौती दिए । उनले मुलुकभर विद्युत विस्तार समेत एमालेको नेतृत्वमा भएको जिकिर गरे ।

उनले भने, ‘नयाँहरुसँग केही एजेण्डा छैन । एजेण्डा भए आमसञ्चारमाध्यमले बहसका लागि बोलाउँदा पनि किन आएनन् ? एजेण्डा भए पो आउनु । हिजो राणाकालमा ६ प्रतिशतले बिजुली पाएका थिएँ । हामीले ९८ प्रतिशत नागरिकलाई विद्युतको पहुँचमा पुर्याएका छौँ । हामीले परिवर्तन गरेका छौँ । सबै सार्वजनिक विद्यालयमा आइटीको विकास गरेका छौँ । भ्रष्टाचारमा शून्य सहनशीलताका साथ हामी अगाडि बढेका छौँ । हामीले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको नक्सामा समावेश गरेको हो कि होइन ? हुनेवाला प्रधानमन्त्रीज्यू तपाईको स्टेटमेन्ट हेरौँ । भन्नुहोस् त लिपुलेक, लिम्पियाधुराबारे तपाईको स्टेटमेन्ट के हो ? ’

अध्यक्ष थेबेले आगामी आम निर्वाचनपछि समाजलाई सुखी र समृद्ध बनाउने एजेण्डासहित पार्टी जनतामाझ गएको पनि बताए । —न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update