Khabar Out
वाणिज्य विभागद्धारा स्टोर अन द डोर प्रालिलाई ५१ हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५१ हजार जरिवाना गरेको छ ।

अनुगमनको क्रममा कैफियत फेला परेपछि नागार्जुन नगरपालिका–४ सितापाइलामा रहेको स्टोर अन द डोर प्रालिलाई रु ५१ हजार जरिवाना गरेको छ ।

विभागले काठमाडौँ, भक्तपुर, कीर्तिपुर, नागार्जुन, मध्यपुर ठिमीलगायतका स्थानका १२ वटा फर्ममा अनुगमन गरेको थियो । अनमनका क्रममा ११ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ । 

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update