Khabar Out
निर्वाचन आउन ३६ दिन बाँकी: आचारसंहिता अनुगमन अधिकृत तोकियो

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्ला स्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी दिइएको आयोगले जनाएको छ । प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रकहरूलाई आर्थिक विषयसँग सम्बन्धित विषयमा फरकफरक कार्य गर्ने जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ ।

प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष पारदर्शी एवं विश्वसनीय रूपमा सम्पन्न गर्न आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याइएको छ । आचारसंहिता, यही माघ ४ गतेदेखि लागू भएको हो । रासस

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update