Khabar Out
बाटोमा लडेर एक पुरुषको मृत्यु

बाजुरा । जिल्लाको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ ताम्सु बस्ने ४१ वर्षीय भीमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लक्ष्मीराज जोशीले जानकारी दिए ।

बिहीबार राति ८ बजे गाउँ नजिकैको पसलबाट घर फर्किने क्रममा बिच बाटोमा लगेर घाइते भएका थापालाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए जोशीले बताए ।

मृतक थापाको शरीर र टाउकोमा भित्री चोट लागेकाले उपचारमा ढिलाइ हुँदा मृत्यु भएको जनाइएको छ । हाल शव परीक्षणका लागि जिल्ला अस्पतालमै राखिएको छ ।  रासस

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update