Khabar Out
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४६ रूपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रूपैयाँ ९२ पैसा तोकिएको छ । 
    
युरोपियन युरो एकको खरिददर १७१ रूपैयाँ १७ पैसा र बिक्रीदर १७१ रूपैयाँ ८७ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रूपैयाँ ३२ पैसा र बिक्रीदर १९७ रूपैयाँ १२ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८४ रूपैयाँ ४६ पैसा र बिक्रीदर १८५ रूपैयाँ २१ पैसा कायम गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९९ रूपैयाँ ५३ पैसा र बिक्रीदर ९९ रूपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रूपैयाँ ८४ पैसा र बिक्रीदर १०६ रूपैयाँ २८ पैसा, सिंगापुर डलर एकको खरिददर ११३ रूपैयाँ ९८ पैसा र बिक्रीदर ११४ रूपैयाँ ४५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ २२ पैसा र बिक्रीदर नौ रूपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ९८ पैसा र बिक्रीदर २१ रूपैयाँ ०६ पैसा निर्धारण गरिएको छ । 

साउदी अरेबियन रियाल एकको खरिददर ३९ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३९ रूपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ४० रूपैयाँ १५ पैसा र बिक्रीदर ४० रूपैयाँ ३१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ६७ पैसा र बिक्रीदर चार रूपैयाँ ६९ पैसा, यूएई दिराम एकको खरिददर ३९ रूपैयाँ ८४ पैसा र बिक्रीदर ४० रूपैयाँ, मलेसियन रिेंगट एकको खरिददर ३६ रूपैयाँ २२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३७ पैसा कायम गरिएको छ । 

साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ९७ पैसा र बिक्रीदर १० रूपैयाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रूपैयाँ १५ पैसा र बिक्रीदर १६ रूपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ९२ पैसा र बिक्रीदर २३ रूपैयाँ ०१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ७६ पैसा र बिक्रीदर १८ रूपैयाँ ८४ पैसा, कुवेती दिनार एकको खरिददर ४७८ रूपैयाँ ७२ पैसा र बिक्रीदर ४८० रूपैयाँ ६८ पैसा तोकेको छ । 

बहराइन दिनार एकको खरिददर ३८८ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३८९ रूपैयाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३८० रूपैयाँ ०८ पैसा र बिक्रीदर ३८१ रूपैयाँ ६४ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।
            
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update