Khabar Out
निजी क्षेत्रका एजेन्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले अघि सारिरहेका एजेन्डालाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

नुवाकोटको विदुरमा आयोजित नुवाकोट महोत्सवको बुधबार उद्घाटन गर्दै उनले मुलुक निर्वाचनमय भएको र सबै राजनीतिक दल यति बेला चुनावी घोषणापत्र लेख्ने तयारीमा रहेकाले निजी क्षेत्रको प्राथमिकताका विषय समेट्न आग्रह गरेका हुन् ।

उनले भने, “मुलुकको अर्थतन्त्रको विकास सबै दलको साझा एजेन्डा बन्नुपर्छ र त्यसका लागि निजी क्षेत्रका एजेन्डालाई दलहरूले आफ्ना चुनावी घोषणापत्रमा प्राथमिकताका साथ राख्नुपर्छ ।”

उनले देशमा जुनसुकै राजनीतिक दलको सरकार आए पनि अर्थतन्त्र सबैको साझा एजेन्डा बन्नुपर्ने र निजी क्षेत्रसँगको सहकार्यलाई सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update