सोनाम ल्होसारले समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भनी कामना गरेका छन् ।
उनले सोनाम ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै यस्तो कामना गरेका हुन् । उनले भने, “तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु ।” राष्ट्रपति पौडेलले नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास पनि व्यक्त गरेका छन् ।
प्रकाशित मिति: सोमबार, माघ ५, २०८२ ०९:३७
प्रतिक्रिया दिनुहोस्



