काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई संगठित अपराध तथा सम्पति शुद्धीकरणजस्ता जघन्य अपराधमा उन्मुक्ति दिएको भन्दै नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयप्रति गम्भीर आपत्ति जनाउदै युवा संघले शनिबार काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । गैरकानुनी, अनैतिक र दण्डहिनतालाई प्रश्रय दिने काम स्वीकार्य नहुने भन्दै प्रदर्शन गरिएको युवा संघले जनाएको छ ।
राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष महाराज गुरुङले संगठित अपराध तथा सम्पति शुद्धीकरणजस्ता जघन्य अपराधमा उन्मुक्ति दिने कदम दण्डहिनताको पराकाष्ठा भएकोले विरोध गरिएको बताए । त्यस्तै, अन्य ठूला प्रकरणमा पनि सरकारको ध्यान जान नसकेको र सेटिङमा चल्न थालेको उनले आरोप लगाए ।
उनले नागरिक सरकारमा पनि जनताले ठग्ने काम गरेको भन्दै गलत काम नरोकिए देशैभर आन्दोलन गर्ने चेतावनी दिए । हिमालय टेली भ्वाइस



