काठमाडौं । “सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गतको आज सातौं दिन ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा सचेतनामूलक विविध कार्यक्रम गरेको छ ।
आजको कार्यक्रम अन्तर्गत ४ हजार ४ सय ७६ जना यात्रु तथा पैदलयात्रुलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाएको, स्कुल कलेजका ३० जना विद्यार्थीहरुलाई सचेतना, २ सय ६० जना ट्राफिक स्वयंसेवक परिचालन, १ हजार ८ सय ९० जनालाई रात्रीकालिन विशेष सचेतना, ३ हजार ९ सय १० जना दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधनका चालकलाई सचेतना गराएको छ ।
त्यस्तै २ सय ८५ जना चालक तथा यात्रुलाई सुरक्षित यात्राको कामना, १ हजार ७ सय ३१ जनालाई यात्रुसँग सचेतनामुलक कार्यक्रम, १ सय ८० जनालाई आरक्षण सिट यात्रु मैत्री व्यवहार, सडक दुर्घटनामा दिवंगत भएका व्यक्तिहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रममा ५ सय ६९ जना सहभागी, ६५ जना चालकहरुलाई लागु पदार्थ सेवन गरे नगरेको चेकजाँच, १ हजार २ सय जना प्रभातफेरी कार्यक्रममा संलग्न, निषेधित स्थानमा पार्किङ गर्ने ३ सय ७५ जनालाई ट्राफिक सचेतना, १ सय १८ जना प्रहरी कर्मचारीलाई प्रहरी आचरण तथा व्यवहार सम्बन्धी ज्ञान प्रदान गरिएको छ ।
त्यसैगरी ६ सय ७१ जनालाई स्वास्थ्य सेवा, १ सय २७ जना यातायात मजदुरलाई सचेतना, ४७० जनालाई सरप्राइज चेकिङ, रक्तदान कार्यक्रममा ८५ जना संलग्न, ट्राफिक नियम सम्बन्धी हस्ताक्षर कार्यक्रम २ सय ३० जनालाई,अन्तरक्रियात्मक कार्यक्रममा सलग्न १ सय जना, road traffic accident simulation २०० जना, मादक पदार्थ सेवन, लेन नियम उल्लङघन,रातो वत्ती,तिव्र गतीमा सवारी साधन चलाउने २ सय २४ जनालाई सचेतना कक्षा गरी १९ हजार ८ सय १४ जना सडक प्रयोग कर्ताहरू आजको विशेष सचेतना अभियानबाट लाभान्वित भएका छन् । साथै १० हजार ८ सय ४ जनालाई पर्चा म्प्लेट वितरण, No Horn,No Drink and Drive,Drug use is harmful,Lane,Over Speed,Red Light सँग सम्बन्धित ३ हजार ३१ वटा स्टिकर टाँस गरिएको छ ।
“सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी” भन्ने नाराका साथ गत २६ गतेदेखी सुरु भएको ट्राफिक सप्ताह आगामी माघ ३ गतेसम्म सञ्चालन हुनेछ ।
सडकमा हुने सानो लापरबाहीले ठूलो दुर्घटनाको रुप लिन सक्छ भन्ने यथार्थलाई आत्मसाथ गरी सुरक्षित सडक संस्कारको विकास गर्दै सडक दुर्घटनाबाट हुने जनधनको क्षतीलाई न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताहको आयोजना गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक नरेश राज सुवेदीले बताए।



