Khabar Out
छैटौँ दिनमा दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह

काठमाडौं । “सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गतको आज छैटौँ दिन ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा सचेतनामूलक विविध कार्यक्रम गरेको  छ ।  

आजको कार्यक्रम अन्तर्गत ७ हजार ९ सय ८७ जना यात्रु तथा पैदलयात्रुलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाउनेदेखि स्कुल कलेजका ६६ जना विद्यार्थीहरुलाई सचेतना, १ हजार ६ सय ३५ जना ट्राफिक स्वयंसेवक परिचालन, १ हजार ५ सय १२ जनालाई रात्रीकालिन विशेष सचेतना र ५ हजार ३ सय १५ जना  दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधनका चालकलाई सचेतना गराएको छ ।

त्यसैगरी २ हजार ७ सय ४७ जना चालक तथा यात्रुलाई सुरक्षित यात्राको कामना, ३ हजार ६ सय १४ जनालाई यात्रुसँग सचेतनामुलक कार्यक्रम, १५ वटा ट्राफिक कोण सरसफाई, २ सय ७ जनालाई मस्कट सहित सडक नाटक प्रदर्शन, १ सय ४० जनालाई आरक्षण सिट यात्रु मैत्री व्यवहार, सरसफाई कार्यक्रममा संलग्न १४ जना, सडक दुर्घटनामा दिवंगत भएका व्यक्तिहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रममा २ सय ९० जना सहभागी, २१ जना दुर्घटना पिडित घाइतेलाई भेटघाट, १ सय २५ जनालाई आकाशे पुलबाट बाटो काट्न सिकाईएको, ३० जना चालकहरुलाई लागु पदार्थ सेवन गरे नगरेको चेकजाँच, २३ हजार ७ सय ३ जना सडक प्रयोग कर्ताहरू आजको विशेष सचेतना अभियानबाट लाभान्वित भएका छन् । 

त्यस्तै  १५ हजार ३७ जनालाई पर्चा पम्प्लेट वितरण, No Horn,No Drink and Drive,Drug use is harmful,Lane,Over Speed,Red Light सँग सम्बन्धित ४ हजार ९ सय ६४ वटा स्टिकर टाँस गरिएको छ  ।  

“सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी” भन्ने नाराका साथ गत २६ गतेदेखी सुरु भएको ट्राफिक सप्ताह आगामी माघ ३ गतेसम्म सञ्चालन हुनेछ । 

सडकमा हुने सानो लापरबाहीले ठूलो दुर्घटनाको रुप लिन सक्छ भन्ने यथार्थलाई आत्मसाथ गरी सुरक्षित सडक संस्कारको विकास गर्दै सडक दुर्घटनाबाट हुने जनधनको क्षतीलाई न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताहको आयोजना गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी  उपरिक्षक नरेश राज सुवेदीले बताए ।  ।  
 

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  २१:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update