Khabar Out
ट्राफिक सप्ताहको पाँचौ दिन : विभिन्न स्थानमा ट्राफिक सचेतनामूलक कार्यक्रम

काठमाडौं । “सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गतको आज पाँचौ दिन ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा सचेतनामूलक विविध कार्यक्रम गरेको छ ।

आजको कार्यक्रम अन्तर्गत ९ हजार ३ सय ७६ जना यात्रु तथा पैदलयात्रुलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाएको, २ सय ८५ जना चालकहरुको एकदिने आँखा स्वास्थ्य चेकजाँच,स्कुल कलेजका ७ सय ६७ जना विद्यार्थीहरुलाई सचेतना, ८६ जना ट्राफिक स्वयंसेवक परिचालन, २ हजार ८२ जनालाई रात्रीकालिन विशेष सचेतना,५ हजार २ सय १५ जना चालक र परिचालकसँग २ मिनेट कार्यक्रम,५ हजार ८ सय ८३ जना दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधनका चालकलाई सचेतना गराएको छ ।

त्यसैगरी लेन नियम उल्लघंन, मादक पदार्थ सेवन गरी सवारी चलाउने, ट्राफिक लाईटको उल्लघंन र तिव्र गतिमा सवारी साधन चलाउने १९४ जनालाई सचेतनामुलक कक्षा, २२० जनालाई नागरिक सुनुवाई, १ हजार ४ सय २८ जनालाई प्रभात फेरी कार्यक्रममा समावेश, १ हजार २ सय ७० जना चालक तथा यात्रुलाई सुरक्षित यात्राको कामना, ३ हजार ५ सय जनालाई सास्कृतिक कार्यक्रम, २ हजार ६ सय ३३ जनालाई यात्रुसँग सचेतनामुलक कार्यक्रम,५ सय ७७ जनालाई अन्तरक्रिया कार्यक्रम, ८० ओटा ट्राफिक कोण सरसफाई, २ सय ७ जनालाई मस्कट सहित सडक नाटक प्रदर्शन, २ सय ४ जनालाई स्वास्थ्य शिविर गरी ३३ हजार ८ सय ७७ जना सडक प्रयोग कर्ताहरू विशेष सचेतना अभियानबाट लाभान्वित भएका छन् । 

साथै १६ हजार ७ सय ४१ जनालाई पर्चा पम्प्लेट वितरण, ल्य ज्यचल,ल्य म्चष्लप बलम म्चष्खभ,म्चगन गकभ ष्क जबचmाग,िीबलभ,इखभच क्उभभम,च्भम ीष्नजत सँग सम्बन्धित ६ हजार १ सय ४४ ओटा स्टिकर टाँस गरिएको छ ।

“सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी” भन्ने नाराका साथ गत २६ गतेदेखी सुरु भएको ट्राफिक सप्ताह आगामी माघ ३ गतेसम्म सञ्चालन हुनेछ ।

सडकमा हुने सानो लापरबाहीले ठूलो दुर्घटनाको रुप लिन सक्छ भन्ने यथार्थलाई आत्मसाथ गरी सुरक्षित सडक संस्कारको विकास गर्दै सडक दुर्घटनाबाट हुने जनधनको क्षतीलाई न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताहको आयोजना गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक नरेश राज सुवेदीले बताए ।

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update