Khabar Out
आयोग निर्वाचनको तीव्र तयारीमा जुटिरहेको छ : कार्यवाहक आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्य निर्वाचनको तीव्र तयारीमा आयोग जुटिरहेको बताएका छन् ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने क्रममा राज्यका जिम्मेवार सबै संस्था र निकायबिचको आपसी सहयोग, सहकार्य, समन्वय हुन आवश्यक रहेको बताए।

निर्वाचनको वातावरण बनाउन आमसञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने धारणा व्यक्त गर्दै आयोगबाट जारी हुने निर्वाचन आचारसंहिता र आफ्नो निर्वाचन आचारसंहितालाई दृष्टिगत गरी निर्वाचन सफल बनाउने राष्ट्रिय अभियानमा रासस क्रियाशील हुने विश्वास व्यक्त गरे ।

आसन्न निर्वाचनका क्रममा आचारसंहिता जारी गरी कार्यान्वयनमा गएकामा खुसी व्यक्त गर्दै सत्यतत्थ्य, निष्पक्ष, विश्वसनीय र आधिकारिक समाचार सम्प्रेषण गर्दै आएको राससबाट अझ बढी भूमिका अपेक्षा गरिएको बताए।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update