Khabar Out
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । 

युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५७ पैसा, स्विस फ्रयांक एकको खरिददर १८० रुपैयाँ २६ पैसा र बिक्रीदर १८१ रुपैयाँ १ पैसा कायम गरिएको छ ।
 
अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९७ रुपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४१ पैसा, सिंगापुर डलर एकको खरिददर ११२ रुपैयाँ एक पैसा र बिक्रीदर ११२ रुपैयाँ ४८ पैसा तोकिएको छ । 

जापानी येन १० को खरिददर नौ रुपैयाँ १७ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४९ पैसा र बिक्रीदर २० रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । 

साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५४ पैसा कायम भएको छ ।
 
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ सात पैसा र बिक्रीदर ३९ रुपैयाँ २४ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५२ पैसा कायम गरिएको छ । 

साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९२ पैसा र बिक्रीदर नौ रुपैयाँ ९६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५ रुपैयाँ ६८ पैसा  र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४५ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा तोकिएको छ ।
 
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४६९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४७१ रुपैयाँ ७५ पैसा कायम गरेको छ । 

बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८२ रुपैयाँ २३ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ७९ पैसा विक्रिदर ३७४  रुपैयाँ ३५ पैसा रहेको छ । 

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
                                           
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update