राष्ट्रियसभा निर्वाचनका लागि जनमोर्चाको उम्मेदवारी दर्ता
दाङ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट राष्ट्रिय जनमोर्चाले उम्मेदवारी दर्ता गरेको छ । सो पार्टीबाट प्युठानका बोमबहादुर खत्री र पद्मा पण्डितले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्युठानको मल्लरानी गाउँपालिका–२ का खत्रीले ‘अन्य’ र प्युठान नगरपालिका–८ का पद्मा पण्डितले ‘महिला’ क्लस्टरमा उम्मेदवारी दर्ता गराएका हुन् । खत्रीको प्रस्तावकमा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्का र समर्थकमा ऐरावती गाउँपालिका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ रहेका छन्। पण्डितको प्रस्तावकमा भूमिकास्थान नगरपालिका प्रमुख झविलाल थापा र समर्थकमा स्वर्गद्वारी नगरपालिका उपप्रमुख मीनराज रानामगर रहेका छन् । रासस
प्रकाशित मिति: बुधबार, पुस २३, २०८२ २१:४८
प्रतिक्रिया दिनुहोस्



