Khabar Out
खैरो हिरोइनसहित ५ जना युवक पक्राउ

बैतडी । खैरो हिरोइनसहित यहाँ एक नाबालकसहित ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूका अनुसार उनीहरूलाई आज पाटन बजारबाट पक्राउ गरिएको हो ।

उनीहरूबाट २५० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ । अनुसन्धानका निम्ति अदालतबाट अनुमति लिएर अभियुक्तहरूलाई हिरासतमा लिइएको छ । रासस

 

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update