Khabar Out
विकास निर्माणमा दलीय प्रतिस्पर्धा हुनुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् ।

जिल्लाको पञ्चपुरी नगरपालिका–५ र ६ बाबियाचौरस्थित बाबियाचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १६औँ वार्षिक साधारणसभामा आज उहाँले विकासमा नभई विकासका लागि प्रतिस्पर्धा हुनुपर्ने बताएका हुन्।

मुख्यमन्त्री कँडेलले सबैको खबरदारीका कारण नै वर्षौंदेखि अलपत्र परेको बडीचौर खम्बागाडे सडक निर्माणले गति लिएको बताए । उनले पश्चिम सुर्खेतमा विद्युत्, सडक, खानेपानी नै मुख्य कुरा रहेको बताउँदै प्रदेश सरकारले ती विषयमा आफ्नो क्षमताअनुसारको सहयोग गर्ने प्रतिबद्धता जनाए।

मुख्यमन्त्री कँडेलले राजनीतिक दललाई तर्साएर कसैलाई फाइदा नहुने भन्दै विकासका लागि नयाँ पुराना सबैले सहकार्य गर्नुपर्ने धारणा राखे । अब विकास निर्माणका काम सही ढङ्गबाट अगाडि बढाउन सही मान्छेलाई निर्वाचित गर्नुपर्नेमा उनको जोड थियो। रासस

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  २०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update