Khabar Out
२४ घण्टादेखि अवरुद्ध महेन्द्र राजमार्ग सञ्चालन

रौतहट । मंगलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग केहीबेरअघिदेखि सञ्चालन भएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो ।
 
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर टङ्याकर हटाइएको छ । 

बाटोबाट बुलेट हटाउन ६ वटा क्रेन प्रयोग गरिएको थियो । यसअघि साना सवारीसाधनले चन्द्रनिगाहपुर–गौर वैकल्पिक बाटो प्रयोग गरेका थिए । रासस

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update