Khabar Out
तमु ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस्ः  नेता खड्का

काठमाडौँ। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तमु (गुरुङ) जातिको महान पर्व तमु ल्होसारले नेपाली समाजमा आपसी विश्वास, एकता र सद्भावलाई थप सुदृढ गर्दै समृद्ध राष्ट्र निर्माणतर्फ अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेका छन् ।

तमु ल्होसारको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले ल्होसारलाई तमु जातिको नयाँ वर्षका रूपमा मनाइने महत्वपूर्ण पर्वका रूपमा उल्लेख गरेका छन् । उनका अनुसार यस पर्वले धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षण तथा संवर्द्धनमा सबैलाई प्रेरित गर्दै आएको छ ।
‘तमु जातिको नयाँ वर्षका रूपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गरेको छ । यो पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजबुत बनाएको छ”, उनले भने । 
कार्यवाहक सभापति खड्काले तमु ल्होसारले नेपाली समाजमा सहिष्णुता, बन्धुत्व र आपसी सद्भावको भावना मजबुत बनाउँदै आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माणमा सकारात्मक योगदान पुर्‍याएको उल्लेख गरेका छन् ।

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई नेपाली कांग्रेस र आफ्नो व्यक्तिगततर्फबाट सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update