Khabar Out
प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा १ लाख २५ हजार  ७ सय ६६ मतदाता

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाताको अन्तिम नामावली सार्वजनिक भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार यसपटक भोजपुरमा कूल एक लाख २५ हजार सात सय ६६ जना मतदाता कायम भएका छन्। अघिल्लो निर्वाचनको तुलनामा यस वर्ष मतदाताको सङ्ख्यामा केही वृद्धि भएको देखिएको छ।

अघिल्लो निर्वाचनमा जिल्लाभर एक लाख २३ हजार तीन सय ७९ मतदाता रहेकामा यसपटक दुई हजार तीन सय ८७ नयाँ मतदाता थपिएका हुन्। निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले दिएको जानकारी अनुसार कुल मतदातामध्ये पुरुषको सङ्ख्या ६५ हजार सात सय ८८ र महिलाको सङ्ख्या ५९ हजार नौ सय ७७ रहेको छ। त्यस्तै, एक जना अन्य मतदाता पनि सूचीकृत छन्।

भोजपुरका ९ वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै मतदाता षडानन्द नगरपालिकामा रहेका छन्। त्यहाँ २१ हजार आठ सय ९६ मतदाता छन् भने भोजपुर नगरपालिकामा २० हजार एक सय ८९ मतदाता कायम भएका छन्। अन्य गाउँपालिकाहरूमा अरुणमा १२ हजार छ सय ४३, आमचोकमा १२ हजार चार सय ४४, पौवादुङमामा १० हजार छ सय ६३, टेम्केमैयुङमा १३ हजार पाँच सय ५७, रामप्रसाद राईमा ११ हजार नौ सय, साल्पासिलिछोमा आठ हजार सात सय २४ र हतुवागढीमा १३ हजार सात सय ५० मतदाता रहेका छन्।

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने कार्य सम्पन्न गरेसँगै जिल्ला निर्वाचन कार्यालयले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक अन्य तयारीलाई पनि तीव्रता दिएको छ। फागुनको निर्वाचनलाई लक्षित गरी मतदान केन्द्रको व्यवस्थापन र सुरक्षा रणनीतिका विषयमा पनि छलफल भइरहेको प्रमुख सुवेदीले बताए। रासस

 

 

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update