Khabar Out
साधना सप्लायर्स, सम्झना अचार र आरोहण क्राफ्टलाई कारबाही

काठमाडौँ । नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुगमन गरी कारबाही गरेको छ ।

विभागले आइतबार तीन वटा उद्योग तथा फर्मलाई रु एक लाख १० हजार जरिवाना गरेको हो । सम्झना अचार उद्योगलाई रु १० हजार, आरोहण फेशन क्राफ्ट प्रालि र साधना सप्लायर्सलाई समान रु ५० हजार जरिवाना गरिएको विभागले जनाएको छ । 

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ दफा ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ १ क बमोजिम कारबाही गरेको हो । यसैगरी अन्य १४ वटा उद्योग/फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । बजारमा स्वच्छता कायम राख्न, कालोबजारी नियन्त्रण गर्न विभागले नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ । 

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update